काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन्।
उनले प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रम अन्तर्गत ६४ वटा सडकको विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन्।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सडकको शिलान्यास गरेका हुन्।
Comments